गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा देवकोटा नियुक्त

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा देवकोटा नियुक्त

२०८१, जेठ १८ शुक्रवार

  • 801
    SHARES

  • गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा देवकोटा नियुक्त

    गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा।कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।

    गोरखाको पालुङटार नगरपालिका-३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

    दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गर्नुुभएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध छन् ।

    उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    २०८१, जेठ १८ शुक्रवार०८:५५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार