प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

२०७७, माघ ७ बुधवार

  • 1.3K
    SHARES

  • प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

    माघ ७, काठमाडौँ ।

    निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।
      
    नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्नेलगायतका कार्यका लागि सम्पर्क व्यक्ति तोकिन लागेको आयोगले जनाएको छ ।
     
    सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी पठाउन उक्त कार्यालयलाई आयोगले आग्रह गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरेको छ । 

    यसैबीच आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत स्वीकृत गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    २०७७, माघ ७ बुधवार०७:०२:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार