कोशी प्रदेश सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने 

कोशी प्रदेश सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने 

२०८२, भाद्र १२ बिहिवार

  • 1.3K
    SHARES

  • कोशी प्रदेश सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने 

    मोरङ । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले त्यसनिम्ति ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरेको छ ।

    समितिमा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व छ । दिवसलाई उत्सवका रूपमा मनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना हुने जनाइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा यो दिवस मनाइने छ ।

    २०८२, भाद्र १२ बिहिवार१०:३६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार