काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ।
दुई पार्टीबीच आज एकता घोषणा हुने छ। आज दिउँसो १ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा सभा हुने प्रचण्ड सचिवालयले जनाएको छ ।