नेपाल बार एसोसिएसनले बनायो पछिल्ला घटनाक्रम अध्ययन समिति, समय सिमा एक महिना

नेपाल बार एसोसिएसनले बनायो पछिल्ला घटनाक्रम अध्ययन समिति, समय सिमा एक महिना

२०८३, कार्तिक १८ मंगलवार

  • 189
    SHARES

  • नेपाल बार एसोसिएसनले बनायो पछिल्ला घटनाक्रम अध्ययन समिति, समय सिमा एक महिना

    काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

    पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन्। सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्।

    समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य संकलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए।

    बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ।

    २०८३, कार्तिक १८ मंगलवार०८:४०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार