वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

२०७७, माघ १६ शुक्रवार

  • 2.2K
    SHARES

  • वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

    माघ १५, चरीकोट । 

    दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले  बस उपलब्ध गराएको छ । 

    वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो ।

     रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार  प्रदेशसभा सदस्यमा विशाल खड्काले विद्यालयलाई हस्तान्तरण गरेका छन् । बयालिसको सिट क्षमता रहेको बस बुधबार विद्यालयमा आइपुगेको हो ।  

    बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी दुई घण्टादेखि हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ । बस सञ्चालनमा आएपछि गैरिशङ्कर गाउँपालिका वडा नं २ का गैरी, टुनिबोटे, शीतलबस्ती र बैत्येश्वर गाउँपालिका वडा नं ७ का मार्वु, छापटारलगायतका विद्यार्थीलाई विद्यालय आउत जावतका लागि सहज हुने प्रधानाध्यापक पदमबहादुर जिरेलले जानकारी दिए । 

    विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य  खड्काले नमूना सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि आग्रह गरे । 

    विसं २०२३ मा प्राविका रुपमा स्थापना विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययन गर्नेछन् । बस सञ्चालनका लागि प्रधानाध्यापक  जिरेलको संयोजकत्वमा तीन शिक्षक, सवारी चालक र सहचालक रहने गरी समिति गठन गरेको छ ।

    बस सञ्चालनका लागि छोटो दूरीका विद्यार्थीले ४०० देखि लामो दूरीका विद्यार्थीले ९०० सम्म मासिक शुल्क तिर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए । 

    गाउँपालिकाको वडा नं ७ मार्वु छापदेखि गौरीशङ्कर गाउँपालिकाको वडा नं २ सम्म १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने वडाध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिए । 

    २०७७, माघ १६ शुक्रवार०६:२९:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार