मधेश स्वास्थ्य प्रतिष्ठानमा डा साह

मधेश स्वास्थ्य प्रतिष्ठानमा डा साह

२०७७, माघ १९ सोमवार

  • 1.9K
    SHARES

  • मधेश स्वास्थ्य प्रतिष्ठानमा डा साह

    माघ १९, जनकपुरधाम ।

    प्रदेश नं २ सरकारले मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिमा डा रामकेवल साहलाई नियुक्त गरेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) मा सहप्राध्यापक डा अङ्कुर साह र रजिष्ट्रारमा डा विनोद यादवलाई नियुक्त गरिएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतले नियुक्त पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै प्रदेश सरकारको गौरवको कार्यलाई उद्देश्यअनुरूप गन्तव्यमा पुर्याउनुपर्ने  औँल्याए ।

    उनले प्रदेश सरकारको प्रतिष्ठासँग जोडिएको कार्यमा संरचनागत आइपर्ने चुनौतीको सामना गर्दै स्थापनाको प्रत्याभूति सबैलाई हुन सक्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको धारणा राखे । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभाद्वारा पारित प्रस्ताव साकार भएकामा खुशी व्यक्त गरे । 

    २०७७, माघ १९ सोमवार०७:३३:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार