वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

२०७७, माघ १९ सोमवार

  • 1.3K
    SHARES

  • वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

    माघ १९, वाग्मती । 

    वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । 

    आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । 

    प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

    माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । 

    आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

    वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।

    २०७७, माघ १९ सोमवार०८:०६:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार