हिमपातले जनजीवन प्रभावित

हिमपातले जनजीवन प्रभावित

२०७७, माघ २४ शनिवार

  • 1.7K
    SHARES

  • हिमपातले जनजीवन प्रभावित

    माघ २४, रसुवा ।

    हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ ।

    हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी सुव्वा लामाले बताए । हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए । 

    खेतियोग्य जमिनमा हिउँ नपर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदेबालीलाई भने असर पुगेको कृषकले बताएका छन् ।

    हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन गुढाउन असहज भएको प्रहरीले जनाएको छ ।

    गत वर्ष जाडोयामको यही समयमा गोसाइँकुण्ड, आमाछोदिङ्मो  गाउँपालिकाको ११ वडा र कालिकागापाको राम्चे, स्याउवारी, उत्तरगया पालिकाको तिरू एवं नौकुण्ड पालिकाको यार्सा, घाङमर, दोक्लाङसमेत क्षेत्र प्रभावित हुने गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

    यस वर्ष गत असोज १५ देखि वर्षा रोकिएका कारण मङ्सिर तथा पुस महिनामा पर्ने हिउँ ढिलो पर्न थालेकोले जलवायु परिवर्तनको असर हुनसक्ने स्थानीय अनुमान रहेको छ । 

    २०७७, माघ २४ शनिवार०७:१३:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार