कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

२०७७, माघ २४ शनिवार

  • 2.3K
    SHARES

  • कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

    माघ २४, वाग्मती । 

    मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ । 

    मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ । 

    कारोना सङ्क्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ ।

    साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाँै दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

    २०७७, माघ २४ शनिवार०३:१७:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार