‘अभागी त म हुँ’ सार्वजनिक

‘अभागी त म हुँ’ सार्वजनिक

२०७७, माघ २५ आइतवार

  • 2.6K
    SHARES

  • ‘अभागी त म हुँ’ सार्वजनिक

    माघ २५, काठमाडौँ ।

    नवीनरुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । शिव सुवेदी युट्युब च्यानलबाट आएको गीतले बजारमा आउनासाथ स्रोता/दर्शकको मन जित्न सफल भएको छ ।

    गीतले केही दिनमै दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ । यसमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिएका छन्  । 
     
    गीतमा डा शिव सुवेदीका शब्द र  सङ्गीत छन् भने सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका छन् । भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङले अभिनय गरेका छन् । भिडियोको  निर्देशन विनोद भण्डारीले गरेका हुन् ।

     डा सुवेदीका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नो पन’ लगायत गीत बजारमा छन् । 

    २०७७, माघ २५ आइतवार०५:२१:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार