ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

२०७७, माघ २९ बिहिवार

  • 1.2K
    SHARES

  • ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

    माघ २९, एथेन्स ।

    ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् । 

    कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन् ।  

    ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।

    लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन् ।  

    त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो । 

    लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्र अनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् । -एजेन्सी । 

    २०७७, माघ २९ बिहिवार०७:२२:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार