उच्चस्तरीय छानविन समिति गठन गर्न माग

उच्चस्तरीय छानविन समिति गठन गर्न माग

२०७७, फाल्गुण २ आइतवार

  • 3.6K
    SHARES

  • उच्चस्तरीय छानविन समिति गठन गर्न माग

    फागुन २, कैलाली ।

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला पन्तले बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषीलाई कानूनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरेका छन् । 

    शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो अनुसन्धान गरेर अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकार सम्बद्ध सबै पक्षलाई अनुरोध गरे ।  

    नेतृ सङ्ग्रौलाले महिला अब कतै सुरक्षित नभएको भन्दै अब चेलिबेटी घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएकाले यसकाविरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिदैं भट्टका दोषीलाई चाडै पत्ता लगाएर कडा कारवाही गर्न सरकारसँग माग गरे । 

    २०७७, फाल्गुण २ आइतवार०७:२१:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार