पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

२०७७, फाल्गुण २ आइतवार

  • 1.6K
    SHARES

  • पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    फागुन २, काठमाडौं । 

    केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

    उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
    महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको छ ।
     
    महाशाखाका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभाव आगामी बुधबारसम्म कायम रहने जानकारी दिनुभयो ।

    विगत दुई दिनदेखि मौसममा आइरहेको फेरबदलका बाबजुद अहिले पश्चिमी वायु सक्रिय रहेकाले देशभर पूर्वदेखि पश्चिमी उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम बदली भए पनि थोरै स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।
     
    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानमा हल्का हिमपातको हुनेछ ।

    उच्च पहाडी भेगमा थोरै क्षत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ ।

    रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार प्रदेश नं १ मा आंशकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

    उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम आठ र अधिकतम तापक्रम २१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    २०७७, फाल्गुण २ आइतवार०१:५७:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार