वागमती प्रदेश सभाको बैठक फागुन ५ गते बस्ने

वागमती प्रदेश सभाको बैठक फागुन ५ गते बस्ने

२०७७, फाल्गुण ४ मंगलवार

  • 2.4K
    SHARES

  • वागमती प्रदेश सभाको बैठक फागुन ५ गते बस्ने

    फागुन ४, मकवानपुर ।  

    बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ हिजो सोमवार सचिवालयमा दर्ता भएको छ ।

    फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए । 

    यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

    प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।  

    २०७७, फाल्गुण ४ मंगलवार०७:०१:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार