सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

२०७७, फाल्गुण ५ बुधवार

  • 1.2K
    SHARES

  • सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

    फागुन ५, मान्म ।

    कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ ।

    सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

    ‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उनले भने,“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’’

    २०७७, फाल्गुण ५ बुधवार०३:०६:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार