कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

२०७७, फाल्गुण ५ बुधवार

  • 1.9K
    SHARES

  • कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

    फागुन ५, कर्णाली ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् । 

    उनले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली) प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताए ।

    पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले बताए ।

    तीन वर्षसम्म सचिवालयमा रहेर काम गरेका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरेको छ ।

    यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन । 

    २०७७, फाल्गुण ५ बुधवार०६:२४:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार