प्रदेश नं २ प्रमुखमा राजेश अहिराज नियुक्त

प्रदेश नं २ प्रमुखमा राजेश अहिराज नियुक्त

२०७७, फाल्गुण ७ शुक्रवार

  • 4.2K
    SHARES

  • प्रदेश नं २ प्रमुखमा राजेश अहिराज नियुक्त

    फागुन ७, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश अहिराज झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।   

    नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

    यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

    २०७७, फाल्गुण ७ शुक्रवार०६:५६:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार