‘हावा डाँडैमा’ सार्वजनिक

‘हावा डाँडैमा’ सार्वजनिक

२०७७, फाल्गुण ८ शनिवार

  • 1.7K
    SHARES

  • ‘हावा डाँडैमा’ सार्वजनिक

    फागुन ८, काठमाडौँ ।

    रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ आज सार्वजनिक भएको छ ।

    गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

    डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय रहेको छ ।

    छायाङ्कन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् । गायिका रविनाले चाडपर्व, मेला महोत्सवमा गाउन मिल्ने शैलीमा गीत तयार पारिएको बताए ।  

    २०७७, फाल्गुण ८ शनिवार०२:०८:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार