बलात्कार अभियुक्त पक्राउ

बलात्कार अभियुक्त पक्राउ

२०७७, मंसिर २० शनिवार

  • 1.3K
    SHARES

  • बलात्कार अभियुक्त पक्राउ

    मंसिर २०, सिमकोट ।

    हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई शुक्रवारबिहान प्रहरीले पक्राउ गरेको छ ।

    गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट  पक्राउ गरिएको हो ।

    अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

    घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एक जना नाबालक भएकाले बालसुधारगृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    २०७७, मंसिर २० शनिवार०७:२६:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार