औषधि विभागका अधिकृत घुससहित पक्राउ

औषधि विभागका अधिकृत घुससहित पक्राउ

२०७७, फाल्गुण १४ शुक्रवार

  • 1.3K
    SHARES

  • औषधि विभागका अधिकृत घुससहित पक्राउ

    फागुन १४, मोरङ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।

    आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

    कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको  ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

    २०७७, फाल्गुण १४ शुक्रवार०७:४६:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार