कोभिडको अचुक औषधी नै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि - गणेश भट्टराई

कोभिडको अचुक औषधी नै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि - गणेश भट्टराई

२०७७, मंसिर २० शनिवार

  • 2.9K
    SHARES

  • कोभिडको अचुक औषधी नै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि - गणेश भट्टराई

    मंसिर २०, काठमाडौं ।
    कोभिड महामारीले विश्वबाट हामी धेरैका आफन्त आज हामीमाझ रहनुभएन । अझै कति हामीलाई छोडेर जानुहुने हो या हाम्रै पालो आउने हो की ? भन्न सक्ने अवस्था छैन । यो भाइरसको भ्याक्सिन बन्यो भनेर खुसी भै हाल्ने अवस्था पनि देखिइसकेको छैन । विज्ञहरुले ५० प्रतिशत मात्र भ्याक्सिनलाई विश्वास गर्दै आएका छन् । यसको सिधा अर्थ हो या त शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाऊ या परिस्थिति सामना गर्न तयार होऊ ।

    यो भाइरस मात्र हैन, शक्तिशाली राष्ट्रले आफ्नो शक्ति देखाउने बहानामा अझै कति विनास गर्ने हुन् लेखाजोखा नै गर्न गार्हो बन्दै गएको अवस्था छ । यदि भाइरस या अन्य रासायनिक हतियार बनाएर छोडे भने मानवजातिनै धरासायी बन्ने हो की भन्ने प्रश्न संसारभर उठ्न थालेको छ । कोभिड भाइरस नै पनि प्राकृतिक हो या कृतिम ! कसैले पनि निर्णय दिन सकेको छैन । 

    विश्व स्वास्थ्य संगठनका बारेमा अमेरिकाले प्रश्न उठाइरहेकाले केहि न केहि गडबडी नहोला भन्न कठिन भएको अवस्था छ । शक्तिशाली राष्ट्रमा स्वास्थ्य उपकरण, चेतना, स्रोतको उपलव्धताका कारणबाट केहि न्युनिकरण होला नै तर साना गरिव मुलुकमा यस्ता महामारी धान्न सक्ने सामर्थ्य हुँदैन । तसर्थ यी देशका जनता त्रसित अवस्थामा बाँच्न विवश छन् ।

    यस्तो अवस्थामा मानिसको सबै भन्दा नजिकको आफन्त अर्थात हाम्रो निजी डाक्टर र औषधि भनेकै हाम्रो शरीरको प्रतिरक्षा शक्ति मात्र हो । यसको उदाहरण दिँदा संक्रमित लक्का जवान भाइरसले मृत्युवरण गरे भने संक्रमित १०६ वर्षका वयोवृद्धको ज्यान जोगिएको छ । यो डाक्टर पद्धतिको चामत्कारिक कार्य मात्र कदापि हुन सक्दैन । हो त, आफ्नो शरीरको प्रतिरक्षा शक्ति प्रणालीले गर्दा हो ।

    यसकारण हाम्रो शरीरको प्रतिरक्षा भ्याक्सिनलाई चुस्त दुरुस्त राखौ । ताकी आइ लागेको जुनसुकै बेला लड्न सकोस । यसका लागि हाम्रो दैनिकीमा निम्न अनुसार बदलाब ल्याउन जरुरी छ ।

    १. नियमित ३० देखि ४० मिनेट उमेर अनुसारको शारीरिक व्यायाम गरौ ।

    २. तिर्खा लाग्दा मात्र होइन, शारीरिक वजन र उमेर अनुसार पानी पिउने बानी बसालौ । तिर्खा लाग्नुको अर्थ भनेकै तपाइको शरीरमा पानी चाहियो भन्ने बुज्नु पर्छ । भन्नुको तात्पर्य रोग लागेर औषधि खानु भन्दा रोग लाग्नै नदिउँ ।

    ३. फलफुल, सागपात र गेडागुडि सके सम्म दैनिक खाउँ ।

    ४. जसरी हामी बिहान उठेर मुख धुन्छौ त्यसरी हल्का मन तातो पानीमा नुन राखेर गार्गल गर्ने बानी बसाउँ । ध्यान रहोस राम्रा नराम्रा सबै कुरा हाम्रो फोक्सो र पेट्मा जाँदा मुलगेट भएरै जान्छन् । त्यो मुल गेट भनेको हाम्रो घाँटी हो । घाँटीका मांसपेशी अत्यन्त संवेदनशिल हुन्छन । अत: यी मूलद्धारका मांसपेशीलाई सबल राख्न पनि मन तातो पानीको गार्गल अनिवार्य छ  । 

    ५. सम्भव भए सम्म बिहानको घाममा एकघन्टा बस्ने प्रयास गरौ अर्थात आउट्डोर काम बिहानको समय गरियो भने पशुपतिको दर्सन सिद्राको व्यापार नै हुन्छ ।

    ६. सके दैनिक नसके हप्तामा दुई देखि तीन पटक स्टिम इन्ह्यालेसन अर्थात पानीको बाफ लिउँ । जस्मा विभिन्न जडिबुटी जन्य बस्तु मिसाउन सकियो भने अझ राम्रो हुनेछ । हाम्रो नाकको भित्र माथी पट्टि पारानेजल साइनस नामको गुफा हुन्छ जहाँ पोखराको चमेरे गुफामा चमेरा बसे जस्तै दर्जनौ भाइरस टाँसिएका हुन्छन ।

    त्यहाँ गार्गल गरेर तातो पानी पुर्याउन सक्दै ४० डिग्री तापक्रमको बाफ लियेउँ भने जुन सुकै भाइरस कमजोर बन्छन् ६० डिग्री वाफ लियेउँ भने सबै भाइरस प्यारालाइसेस हुन्छन् । त्यसपछी हाम्रो प्रतीरक्षा शक्तिले तिनलाइ सजिलै मार्छ । अझ ७० डिग्री तापक्रममा बाफ लिन सकियो भने जस्तै शक्तिसाली भाइरस पनि मर्छन हाम्रो प्रतीरक्षा शक्तिको फजुल खर्च नै हुँदैन । इम्युनिटी जोगाउनु राम्रो हो । यसरी कृतिम तरिकाले भाइरस मारेर प्रतिरक्षा शक्ति जोगाउन सकिन्छ ।

    ७. सकेसम्म नुन कम खाउँ । तपाईं ३० कटिसक्नु भएको भए चिनी नखाएकै राम्रो हो चिनीले शरीरलाई एक प्रतिशत पनि गुण गर्दैन ।

    ८. अक्सिजन हाम्रो शरीर र प्राण बचाउने मुख्य तत्व हो । फोक्सोमा यसको ठूलो कारोबार हुन्छ । चुरोट, तम्बाखु पिएर त्यसलाइ क्षति नगरौ, धुवा पिउने बानी छोडौ ।

    ९. मासुमा प्रोटिन त पाइछ तर हानी गर्ने तत्व धेरै छन् त्यसैले फाइदा गर्छ भनेर मासु खानु भनेको चारानाके मुर्गी बारानेके मसाले जस्तै हो । माछामा ओमेगा हुन्छ कोलेस्ट्रोल हुदैन हप्तामा दुई पटक माछा खानु राम्रो हो ।

    १०. अल्कोहल भरसक नपिएकै राम्रो हो ।

    ११. तनाबबिनाको मानिस हुँदैन, साना तिना तनाब आइ रहन्छन । त्यसलाइ सहज तरिकाले ग्रहण गर्दै समाधान गर्ने प्रयास गरौ । कुनै कुराको तनाब नलिउँ । 

    १२. सात देखि आठ घन्टा सम्म गहिरो निन्द्रा सुतौँ ।

    १३. हामीले खाने खानामा सबै भिटामिन पाइने भएता पनि पुर्ण नहुन सक्छ तसर्थ भिटामिन बि कम्प्लेक्स, विटामिन सि, भिटामिन डि हरेक तीन महिनामा सप्लिमेन्ट्रीको रुपमा लिउँ ।

    १४. रक्त प्रवाह हाम्रो हरेक सिस्टममा प्रयोग हुने किचन सन्चालनामा पानी जस्तै हो । रगतले हरेक काममा मद्धत गरिरहेको हुन्छ । अझ रगत त उ आफै मरेर पनि काम लाग्छ। यस्तो गुनिलो रगतलाई स्वास्थ्य बनाउन रुचे नरुचे पनि हरेक १५ दिनमा कर्कलो (माने), पिँडालु, कोदोबाट खाद्य पदार्थ बनाएर सेवन गरौ ।

    अन्तमा: तपाईं हामी प्राय: धेरैलाइ यो भाइरसको संक्रमण भएको हुनसक्छ । हामी धेरैले त साँच्चिकै हाछिउँ गरेर पनि पचायौं होला, यसको प्रमुख कारण भनेको तपाईँ हामी सबैको शरीरको रोगप्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) को सबलताका कारणले नै हो । अत: उच्च मनोबलका साथ प्रतिरक्षा प्रणालीलाई चुस्त दुरुस्त राख्न आजै देखि प्रण गरौं । 

    - लेखक कतारमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन् । 

    २०७७, मंसिर २० शनिवार१०:०७:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार