आजदेखि ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन प्रसारण सुरु हुँदै

आजदेखि ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन प्रसारण सुरु हुँदै

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.8K
    SHARES

  • आजदेखि ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन प्रसारण सुरु हुँदै

    काठमाडौं । लोकप्रिय नेपाली टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।

    प्रत्येक साता शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा सो प्रसारण हुने जनाइएको छ । गतवर्षदेखि सोले प्रसारण सुरुआत गरेको थियो ।

    विशाल भण्डारीले निर्देशन गर्ने सोलाई केकी अधिकारी लगायतले मिलेर निर्माण गरेका हुन् । चार भागमा अडिसन चरण प्रसारण गर्ने जनाइएको छ । यसअघि अडिसन राउन्ड प्रसारण भएको थिएन ।

    अडिसन चरण प्रसारण सकिएपछि सो सीधै उत्कृष्ट २४ मा प्रवेश गर्नेछ । निर्माताले यसलाई ग्रान्ड प्रिमियर भनेका छन् । अधिकारीसहितको थ्री प्रोडक्सनले यसलाई निर्माण गरेको हो ।

    सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक छन् । 

    २०७७, फाल्गुण २१ शुक्रवार०६:४७:३६

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार