विप्लव नेता पुन र कुमाल रिहा

विप्लव नेता पुन र कुमाल रिहा

२०७७, फाल्गुण २२ शनिवार

  • 1.2K
    SHARES

  • विप्लव नेता पुन र कुमाल रिहा

    सुदूरपश्चिम । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै हिजो साँझ सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन् ।  

    सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ परेका थिए । कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।  

    नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

    २०७७, फाल्गुण २२ शनिवार०७:४१:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार