मौसम बदली, केही स्थानमा पानी पर्ने 

मौसम बदली, केही स्थानमा पानी पर्ने 

२०७७, फाल्गुण २२ शनिवार

  • 1.8K
    SHARES

  • मौसम बदली, केही स्थानमा पानी पर्ने 

    काठमाडौं । आज पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि मौसम बदली भएको छ । देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक र दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    सामान्य वर्षा र हिमपातको सम्भाजना आगामी सोमबारसमम रहेको छ । अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । काठमाडौंमा भने शुक्रबार साँझ नै पानी परेको थियो ।

    त्यसै गरि हिजो साँझबाट हल्का पानीका साथमा चिसो बढेसँगै दोलखाको कालिञ्चोकमा हिउँ परेको छ । हिउँले कालिञ्चोक क्षेत्र आसपास मनमोहक देखिएको छ । 

    २०७७, फाल्गुण २२ शनिवार०९:४५:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार