ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

२०७७, फाल्गुण २८ शुक्रवार

  • 1.7K
    SHARES

  • ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

    जयपुर । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । 

    मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उनको उपचार भइरहेको थियो । 

    ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आएका थिए । 

    उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् । 

    उनको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ ।

    २०७७, फाल्गुण २८ शुक्रवार०७:२४:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार