प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

२०७७, चैत्र १ आइतवार

  • 2.3K
    SHARES

  • प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

    मोरङ । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो  बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

    प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा  विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । 

    यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।

    २०७७, चैत्र १ आइतवार०५:००:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार