विद्यालय तहमा अधिक रुचाइयो कमला घिमिरेको गीत म्याउँ बिरालो

विद्यालय तहमा अधिक रुचाइयो कमला घिमिरेको गीत म्याउँ बिरालो

२०७७, चैत्र २ सोमवार

  • 2.0K
    SHARES

  • विद्यालय तहमा अधिक रुचाइयो कमला घिमिरेको गीत म्याउँ बिरालो

    काठमाडौं । बाल गायीका कमला घिमिरे, रोमन रिजाल र बिक्रम क्षेत्रीको संयुक्त आवाजमा गाइएको म्याउँ बिरालो गीत विद्यालय तहमा अत्यधिक रुचाइएको पाइएको छ ।

    नेत्र अर्यालको शव्दरचनामा दुइ महिना अघि गत जनवरीको पहिलो हप्ता मात्र रिलिज भएको उक्त गीतका दर्शकहरु ३४ लाख नाघिसकेका छन् । बिक्रम चौहानको निर्देशनमा तयार म्युजिक भिडियोमा उनै घिमिरेको टोलीले जिवन्त अभिनय गरेको छ । 

    अधिकांश विद्यालयले म्याउँ बिरालोको गीतमा टिकटक नै बनाएर अपलोड गर्ने गरेका छन् । एउटै विद्यालयको टिकटकमा मात्र पनि ६ लाख भन्दा बढि दर्शकहरुले अवलोकन गरेका छन् । लोकदोहोरी क्षेत्रमा प्रवेश गरेर सुरिलो आवाजका साथ दर्शक, श्रोतालाई मन्त्रमुगध बनाउँदै आएकी उनै घिमिरेको म्याउँ बिरालो आवाजको पहिलो लोकभाका गीत हो ।

    अहिले त बिहानको प्रार्थनामै म्याउँ बिरालो गीत बजाउन अभिभावकबाट माग भइरहेको काठमाडौं चावहिलमा अवस्थित विद्यालय सेतो बंगलाकी प्रधानाध्यापक राधिका दहाल भन्छिन् । 

    २०७७, चैत्र २ सोमवार०९:०७:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार