२८ गते गरेको निर्णय फिर्ता हुँदैन : ओली

२८ गते गरेको निर्णय फिर्ता हुँदैन : ओली

२०७७, चैत्र २ सोमवार

  • 1.0K
    SHARES

  • २८ गते गरेको निर्णय फिर्ता हुँदैन : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने बताएका छन् ।

    नेता माधवकुमार नेपालसँग धुम्बाराहीमा भएको छलफलमा ओलीले स्पष्ट पारेका हुन् ।

    धुम्बाराही बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त राखेको थियो भने प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका थिए ।

    “आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन,” नेता भीम रावलले भने, “२८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।”

    २०७७, चैत्र २ सोमवार०२:१६:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार