आज राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्दै 

आज राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्दै 

२०७७, चैत्र ३ मंगलवार

  • 1.5K
    SHARES

  • आज राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्दै 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग आज मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ । 

    राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

    बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।

    २०७७, चैत्र ३ मंगलवार०६:५६:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार