पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

२०७७, चैत्र ४ बुधवार

  • 1.8K
    SHARES

  • पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।  

    महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि  एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।

    महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।
     चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ ।

    निर्वाचनको मिति तय भएसँगै आजैदेखि  पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

    समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र  देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् । 

    २०७७, चैत्र ४ बुधवार०४:०९:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार