अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि ठाकुर नै उत्तम : डा दिक्षित

अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि ठाकुर नै उत्तम : डा दिक्षित

२०७७, चैत्र ५ बिहिवार

  • 1.3K
    SHARES

  • अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि ठाकुर नै उत्तम : डा दिक्षित

    काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका छन् ।

    यहाँ वुधवार आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पारे ।

    अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उनको भनाइ छ । 
     
    नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताए ।  

    नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे ।  
     
    नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताए । दलका नेताको झै–झगडामा कारण देश समस्यामा परेको उनको भनाइ छ । 

    २०७७, चैत्र ५ बिहिवार०७:१२:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार