पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

२०७७, चैत्र ५ बिहिवार

  • 1.7K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग

    काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । 

    नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले वुधवार एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरे ।

    “कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेविसङ्घले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् । 

    २०७७, चैत्र ५ बिहिवार०७:४०:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार