प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

२०७७, चैत्र ७ शनिवार

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए ।

    उनले  आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिए । 

    सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् ।

    यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी न्छि । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । 

    २०७७, चैत्र ७ शनिवार०६:४२:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार