शून्य समय : भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण

शून्य समय : भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण

२०७७, चैत्र १० मंगलवार

  • 1.6K
    SHARES

  • शून्य समय : भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । 

    सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न  डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताए ।

    सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाए । 

    सांसद खेमप्रसाद लोहनीले रोकिएको पुष्पलाल(मध्यपहाडी) राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विंकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गरे । 

    सांसद घनश्याम खतिवडाले लगानीे ठेक्काहरु अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिए । 

    सांसद अञ्जना विशङ्खेले कोभिड–१९  पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र  किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा राखेन भनी जिज्ञासा राखे ।  

    सांसद कृष्णभक्त पोखरेलले चितवन राष्ट्रिय निकुञ्जमा  रहेको विश्वको दुर्लभ एकसिँगे गैंडा गणना शुरु भएकामा सरकारलाई धन्यवाद दिँदै संरक्षणमा  सहयोग गर्न सबैलाई आग्रह गरे । 

    २०७७, चैत्र १० मंगलवार०३:१२:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार