समानान्तर कमिटी किन ? - थलु राजभण्डारी

समानान्तर कमिटी किन ? - थलु राजभण्डारी

२०७७, चैत्र ११ बुधवार

  • 5.5K
    SHARES

  • समानान्तर कमिटी किन ? - थलु राजभण्डारी

    काठमाडौं । समानान्तर कमिटीहरु बनाउने तिब्रता क.माधब नेपाल समूहबाट निरन्तरता दिइनु भित्रका रहस्यहरुको परिणाम दुखद आउदैछ भन्ने सामान्य चेत हरेक राजनिती गर्ने ब्यक्तीलाई राम्रो संग थाहा छ। नीति, विधि र शिद्वान्तको लेपन लगाएर बोलिएता पनि नितान्त पदसंग जोडिएको अवस्थामा नेपाली राजनिती र त्यस्तै अवस्थामा पुनर्जिबित एमालेमा हिजोको नेकपाकै रोग ल्याएर जिर्ण बनाउन कोसिस गरिँदैछ।

    समानान्तर कमिटी बनाउनुको रहस्य अन्य पार्टी संग एकता गर्दा कमिटिगत एकता हुने भएको कारण त्यस्को तयारी र एमालेबाट छुट्टिएर अर्कै पार्टी संग एकता गर्नु जनस्तर र कार्यकर्तास्तरबाट नै दवाव आएको देखाउनु गरिएको राजनितिक योजना हो। समानान्तर कमिटी सहित माधव पक्ष एमालेमा समान हैसियतमा हरेक जनवर्गिय संगठनमा एकता चाहेको देखाउन चाहन्छन जो असम्भव हो। अर्को कुरा ब्यक्तिलाई पद दिइएपछि त्यो पद प्रतिको प्रेमका कारण मानिस त्यही पद या त्यो भन्दा ठूलो पद प्राप्त गर्न चाहन्छ।

    यसरी समानान्तर कमिटी निर्मित हुँँदा अन्तिममा अहिले बनाइएका समानान्तर कमिटिको एकताको कम्पर्टेवल चाँहि नेकपा माओबादी केन्द्र तिर देखिन्छ। ब्यक्ति स्थानान्तर हुन तयार छ किनभने उ आफ्नो पद, मान जोगाउन चाहन्छ। बाहिर देखिएका परिघटनाले भित्री राजनितिक चाहना केन्द्रीत हुँँदैन अहिलेको राजनितिक कोर्ष बाहिर एउटा दृस्य र भित्र अर्कै दृस्य सहितको छ।

    क.माधब नेपाल र नेतृत्व एमाले फुटाएको दोष आफू लिन चाहदैनन् । त्यसकारण यी समानान्तर कमिटीहरु आफ्नो अस्तित्वको खोजिमा हुनेछन् त्यो अवस्थामा अहिले बनाइएको समानान्तर कमिटीले नेकपा माओबादीसंग एकताको लागि क.माधब तथा नेतृत्वलाई दबाब दिइएको कुरा मन्चन गर्नलाई अहिले भुमिका निर्माण गरिदैछ। किनभने यी समानान्तर कमिटीलाई माओबादी केन्द्र सहर्ष स्विकार गर्न आतुर छ।

    अहिले गरिएका विभिन्न किसिमका क्रियाकलापहरुलाई नियाल्दा जानेर या नजानेर बोल्न मिल्ने भएर या बोल्न मिल्ने नहुदा पनि माओबादी अध्यक्ष प्रचण्डले भनेका कुरा एक पछि अर्को रुपमा क.माधव र उहाँको समूहबाट भइरहेको छ। उहाँहरुको बोलीमा भाषणमा कुनै किसिमको परिवर्तन नआउनु, क.बादल सहितको माओबादीबाट आएको टिमलाई स्विकार्न नसक्नु यी कुराहरु अस्वभाविक छन् र राजनितिक रंगमन्चमा जबसम्म निर्बाचन घोषणा हुँदैन तब सम्म यिनै कुरा चलिरहन्छन्। 

    सर्वोच्च अदालतको फैसला पश्चात् राजनितीमा देखिएको एक प्रकार सकस अहिले प्रक्रीयागत रुपमा प्रकटिकरण भएको छ। चरम गुटबन्दीको सिकार एमाले हुँदै गर्दा त्यो गुटबन्दीको नाममा नेतृत्व खुइल्याउने कार्य बदनियत पुर्ण छ। क.माधब नेपाल र उहाँको समुहलाई अदालतको निर्णय सहर्ष स्विकार्य भएको भए हार्दिकताका साथ एमाले अध्यक्ष केपी ओलीको सामिप्यतामा रहेर पार्टी अगाडि लैजाने कार्य फाल्गुण २४ गते नै हुनेथियो।

    फाल्गुण २३ गतेको अदालतको निर्णय प्रती माधव नेपाल र प्रचण्ड लगायत उहाँहरुको समूह बराबरी नै बेखुसी हुनु हुन्छ। उहाँहरुका अभिव्यक्तिहरु अदालत प्रति आलोचनात्मक छन् जुन कुरा दुखद हो। फाल्गुण २८ सम्म उहाँहरु किन पार्टी सम्पर्कमा आउनु भएन ? उहाँहरु त २४ गते नै पार्टी सम्पर्कमा आउनु पर्ने थियो जबकी फागुन २५ र २६ गते अर्याल होटलमा सामुहिक जम्मा भएर पुनः गुटगत भेला चलेका समाचारहरु मिडियामा छ्यापछ्याप्ति थिए । उहाँहरु पार्टी सम्पर्कमा नआउनु भए पछि २८ गतेको निर्णय मान्दिन भनेर भन्नूको सैद्धान्तिक पक्ष के ?

    फाल्गुण २३ पछाडी उहाँहरुमा देखिएको निस्क्रियता प्रचण्ड सहितको ग्राण्ड डिजाइनमा एमालेको संगठन कमजोर पार्ने नै हो। अर्याल होटेलको गुट्गत बैठक, पेरिस डाँडामा प्रचण्ड संगको बैठक, चैत्र ४-५ गतेका भेला र त्यसपछि बनिएका समानान्तर कमिटीले उहाँहरु उचित समयमा नेकपा माओबादी संग अहिले भइरहेको कार्यगत एकतालाई सांगठानिक एकता गर्दै अगाडि बढ्ने योजनाको सुरुवाती रुप हो।

    माधब नेपाल तथा उहाँको समूह अहिलेको अवस्थामा प्राविधिक एमाले मात्र हो। यस्को समय अहिलेको प्रतिनिधिसभा रहँँदासम्म मात्र हो, त्यसकारण जबसम्म भावनात्मक रुपमा मिलन हुँदैन तब सम्म मिलनको केहि अर्थ हुँँदैन। सम्बन्ध प्रायोजित हुँदैनन् यहि कुरालाई ध्यान दिँँदै बिकसित राजनितीको अवस्थालाई बुझ्न जरुरी छ । 

    (-राजभण्डारी अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य हुन् ।)

    २०७७, चैत्र ११ बुधवार११:५१:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार