सङ्क्रमण बढ्दै गएमा अप्रिय कदम चाल्न सकिने : मन्त्रालय

सङ्क्रमण बढ्दै गएमा अप्रिय कदम चाल्न सकिने : मन्त्रालय

२०७७, चैत्र १२ बिहिवार

  • 1.6K
    SHARES

  • सङ्क्रमण बढ्दै गएमा अप्रिय कदम चाल्न सकिने : मन्त्रालय

    काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए ।

    “बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उनले भने ।  

    उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताए । “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उनले भने । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ । 

    उनले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गरे । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष आजकै दिनदेखि बन्दाबन्दी भएको थियो ।

    अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् । 

    २०७७, चैत्र १२ बिहिवार०६:४४:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार