राँगाले हान्दा मृत्यु

राँगाले हान्दा मृत्यु

२०७७, चैत्र १२ बिहिवार

  • 2.3K
    SHARES

  • राँगाले हान्दा मृत्यु

    सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।

    बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

    खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

    २०७७, चैत्र १२ बिहिवार०६:३१:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार