आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

२०७७, चैत्र १४ शनिवार

  • 2.2K
    SHARES

  • आफैँले लगाएको डढेलोमा परी एकको मृत्यु

    धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए ।

    आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए । 

    २०७७, चैत्र १४ शनिवार०५:५४:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार