चीनका ९७ प्रतिशत अभिभावक भन्छन् — बच्चालाई अति हेरचाह सामान्य हो

चीनका ९७ प्रतिशत अभिभावक भन्छन् — बच्चालाई अति हेरचाह सामान्य हो

२०७७, चैत्र १५ आइतवार

  • 2.0K
    SHARES

  • चीनका ९७ प्रतिशत अभिभावक भन्छन् — बच्चालाई अति हेरचाह सामान्य हो

    बेइजिङ् । चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ । 

    चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन् । 

    देशका एक हजार ५०० अभिभावकहरु सर्वेक्षणमा सहभागी भएका थिए । उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए । 

    सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्नु पर्ने बताएका थिए ।

    उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन् ।- एजेन्सी ।

    २०७७, चैत्र १५ आइतवार०५:४९:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार