देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

२०७७, चैत्र १६ सोमवार

  • 2.1K
    SHARES

  • देशभरका विद्यालय ४ दिन  बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले आजदेखि चार दिनका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

    बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

    लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

    जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको हुँदा हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण वायु प्रदूषित भएको हो । 

    २०७७, चैत्र १६ सोमवार०२:४०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार