मंसिर २३, काठमाडौं ।
कोरोना सबैलाई थाहा छ चीनको बुहान प्रान्त हुदै माहामारीकै रुपमा विश्व नै कब्जामा लियो । करोडौं मान्छे यसको संक्रमणको सिकार भए लाखौंले मृत्युुको मुख देख्नु पर्यो । नेपालमा पनि दुई लाख पचास हजार भन्दा बढी सन्क्रमित भैइसके बढी रहेका छन् मर्नेको संख्या पनि दिनै बढेको छ अहिले सम्म १५०० भन्दा बढीले ज्यान गुमाई सकेका छन् । यहाँ यसले समाजमा कस्तो असर गर्यो मैले एउटा अपांगको नजरमा समाजिक संजाल, समाचार तथा गाउँ समाजमा देखे सुनेको आधारमा समान्य कुरा लेख्दै छु ।
कोरोना कहरमा सरकारले वस्तुस्थितीको मूल्याकंन नगरी बन्दाबन्दीको घोषणा गरिदिएकाले जनता एकै पटक लाखौको संख्यामा वेरोजगार हुन पुगे लाखौ मान्छेको बेहाल भयो । कोठाको बहाल तिर्न नसक्ने भए त्यसैको कारण हत्या लगायतका घटनाहरू हुन पुगे । विशेष गरि शहरी जनजीवन नराम्रोसङ्ग प्रभावित भयो । मान्छेहरु सयौ किलोमिटरको पैदल यात्रा हुदै आफ्नो थातथलो फर्कन बाद्द्य भए । सरकारले अलिकति पनि ती मान्छेहरु प्रति दया राख्न सकेन ।
हाम्रा परम्पागत चलनहहरु, जात्रा, उत्सव, पुजा, पाठ आदि लोप हुने अवस्थामा पुगे । सामाजिक मुल्यमान्यता परिवर्तनको चपेटामा आईपुगे । मान्छे पर्खाल भित्र कैद भएको छ । सन्ततिलाइ हाम्रो सस्कृति परम्परा जोगाएर दिने चुनौति थपिएको छ ।
आर्थिक क्रियाकलापको मन्दीका कारण हुनेखाने वर्गहरु हुदाखाने वर्गमा पुगे हुदाखानेहरु पाएखाने भए भने पाएखानेहरु दिएखाने भए । जनताको पेट भोको हुन दिन्न भन्ने सरकार पाएखानेहरुलाइ खुला मैदानमा खाना खुवाउछु भनेर आउने सहयोगी हातहरुलाई समेत यहाँ नगर्नु भनेर उर्दी जारी गर्छ । सरकारलाई यो थाहा हुनुपर्ने उसले तोकिदिएको स्थान सम्म पुगेर दिएको खाना खान पाएक नपरेका कारण भोकभोकै भौंतारिनु परेको अवस्थामा जनता छन् ।
म सानो कुराको उपचारको लागि अस्पताल गएको थिए घर फर्किदा कोरोनाको सिकार भएर आएँ । कुरा यहाँ म बिरामी भएको होइन, अस्पतालका सबै प्राबिधिक कर्मचारीलाई हातमा नयाँ पन्जा किनेर दिनु पर्ने अरे मैले एउटा सानू विषयमा कम्तिमा निर्मलिकरण गर्न माग्दा स्वास्थ्यकर्मीको व्यवहारले दुखी बनायो । म जस्तो केहिकुरा बुझेकालाइ दिने जवाफ तेस्तो छ भने सर्वसाधारणको अवस्था अनुमान गर्न सकिने कुरा हो ।
मैले नबुझेको कुरा कोरोना तेस्तो एकदम विशिस्ट रोग के हो जुन सर्वसाधारणका लागि अभिशाप बनोस । गारो अप्ठ्यारोमा सहज होला भनेर जनता पेट कटाई स्वास्थ विमा गराउने तर स्वास्थ्य विमा कार्यक्रम लागु भएका सरकारी अस्पताल बाहेकमा कोरोनामा यो विमा कार्यक्रमले काम दिदैन भनि रकम असुल गरिरहेका छन् । समाचार वा सामाजिक संजालमा आएको जस्तो स्वास्थ माफियाको चलखेल त छैन भनेर सरकारसङ्ग जनताले चनाखो हुने र जवाफ माग्न ढिला भैसकेको छ ।
देख्दा र सुन्दा पनि लाज लाग्ने विषय मृत्युशैयामा पुगेर जीवनको आशामा अस्पतालमा आएकाहरु अस्पतालको लापरबाहीले भर्ना लिन नसक्ने भन्दै यो अस्पताल त्यो अस्पताल गर्दा गर्दै मृत्युवरण गरेको उदाहरण प्रसस्त छ । एउटा महिला वेथालागेर अस्पताल ल्याउदा भर्ना लिन नसकिने बहानामा कयौ चेलीहरु आमा नबन्दै अन्त्य भए । यहाँ थुप्रो राजु सदाहरु अस्पतालको आगनमा अस्ताउन पुगे यस्ता कुराको पुष्टि सरकार स्वयमले गठन गरेको छनबिन समितिले प्रष्ट पार्छ ।
विद्यार्थी समाजको एउटा हिस्सा हो भर्चुअल बाटै भए पनि कतै विगतकै जस्तो शैक्षिक कार्यक्रम चलेको छ त कतै अस्तव्यस्त अवस्थामा छ । सरकार शैक्षिकसत्र कायम राख्न पाठ्यक्रम कम गरेर भएपनि सकाउने तयारिमा छ । यसले विद्यार्थीको भविष्य कता जाने हो हाम्रा जनशक्ति कस्ता उत्पादन हुनेहुन् अनिश्चित प्रायस् भइसकेको छ । विद्यार्थी अहिले भर्चुअल कक्षाको नाममा मोबाइल तथा कम्प्युुटरको गुलाम भैसकेका छन् । मानसिक रुपमा तथा हिँडडुलको अभावमा शरिरिक रुपमा समेत कमजोर भइरहेका छन् ।
समाजका के किसान के मजदुर के वृद्ध सबै क्षेत्रमा सानो ठुलो सबैमा प्रभाव परेकै देखिन्छ। हो यसै बिच तरकारी, खाद्यवस्तु तथा औषधिपसलहरुमा एक प्रकारको मनोमानी नै भयो । सरकार मुकदर्शक बन्यो । कोरोनाको लागि क्वारेन्टाइनको ब्यबस्थापन गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्यो । समयसमयमा औषधि खरिदमा प्रस्न समेत उठे । सेनालाई बिबादमा पारियो आदि आदि घटनाहरु भएका थिए र छन् ।
(-लेखक स्वयं एक पुर्ण अपांग अधिवक्ता हुन् । )