बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

२०७७, चैत्र २१ शनिवार

  • 2.0K
    SHARES

  • बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

    बलेवा । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ । 
    काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो ।

    आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । 

    आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ । जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ ।

    २०७७, चैत्र २१ शनिवार०७:२२:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार