काठमाडौं । काठमाडौको आकाशमुनि छुट्टै छवि बनाउन प्रयासरत एक निजी विद्यालय स्मल हेवन बोर्डंग स्कुलले कोरोना पिडित विद्यार्थीलाई विमा रकम हस्तान्तरण गरेको छ ।
कोरोना महामारी चल्दै गर्दा स्कुलले गत श्रावण महिनामा विद्यालयमा अध्ययनरत सम्पुर्ण बिध्यार्थी तथा शिक्षकहरुको रु ५०,०००/- को कोरोना बिमा गरिदिएको थियो ।
तर बिमा गरेको एक महिना भित्रै कक्षा ३ का छात्र स्पर्श श्रेष्ठलाई कोरोना संक्रमण देखिएको थियो ।
"विमा रकम प्राप्त गर्न झन्झटिला प्रक्रिया पार गर्दै लामो समय कुर्न परेकोमा विद्यालयले दुख व्यक्त गरेको छ । ढिलै भए पनि बिमा रकम हस्तान्तरण गर्न पाएकोमा खुशी लागेको छ", विद्यालयले भनेको छ ।