बर्माका नागरिकको जीवन रक्षा गर्न माग

बर्माका नागरिकको जीवन रक्षा गर्न माग

२०७७, चैत्र २३ सोमवार

  • 1.0K
    SHARES

  • बर्माका नागरिकको जीवन रक्षा गर्न माग

    काठमाडौँ । म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ ।

    यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

    प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ ।

    यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन् ।
     

    २०७७, चैत्र २३ सोमवार०१:३१:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार