बैंकिङ कसुर फरार नौ महिनापछि पक्राउ

बैंकिङ कसुर फरार नौ महिनापछि पक्राउ

२०७७, चैत्र २४ मंगलवार

  • 1.2K
    SHARES

  • बैंकिङ कसुर फरार नौ महिनापछि पक्राउ

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । 

    बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको कैद जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकी अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

    विसं २०७७ चैत्र २२ गते बेलुकी काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ स्थित फेला पारी पक्राउ गरेको थियो । तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलानको लागि फैसला गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    २०७७, चैत्र २४ मंगलवार०६:५१:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार