ब्राम्हण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तर कठिन हुने ख्रीष्टियन संस्थाहरुको दाबी 

ब्राम्हण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तर कठिन हुने ख्रीष्टियन संस्थाहरुको दाबी 

२०७७, चैत्र २४ मंगलवार

  • 2.9K
    SHARES

  • ब्राम्हण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तर कठिन हुने ख्रीष्टियन संस्थाहरुको दाबी 

    काठमाडौं । ब्राम्हण र क्षेत्रीय समुदायलाई नटुक्राए सम्म धर्मान्तर गर्न कठिन हुने मिसनरी संस्था नेपाल राष्ट्रीय मण्डली संगति र नेपाल ख्रिष्टियन समाजले दावी गरेका छन् । 

    अन्तरराष्ट्रीय ख्रिष्टियन संस्था युनाइटेड मिसन नेपालको सक्रियतामा विश्व मस्ट महाशंघ गठन भएको छ । समाजले नेपालको संविधानमा खसआर्य एकै हुन् भनी कानूनमा समेट्नु दुखद भनेको छ । यस्तो विषम परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने पनि समाजले बताएको छ ।

    मिसनले खसआर्यलाई विभाजन गर्ने रणनीति अनुसार अन्तरराष्ट्रीय स्तरका ख्रिष्टिएन संस्थाको विशेष बैठकबाट ब्राम्हण समुदायलाई आर्य-हिन्दु र क्षेत्रीय समुदायलाई खस-मष्टो बनाउन पहल गर्ने छ ।

    "ब्राम्हण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तर गर्न कठिन हुने हुँदा यसपटकको जनगणनामा सम्पुर्ण ब्राम्हण तथा क्षेत्री समुदायका ख्रिष्टियनहरुले आफ्ना घरमा आउने गणकहरुलाई जातीमा खस र धर्ममा मष्ट लेख्न लेखाउन आफ्ना चर्चभित्रका विश्वासीलाई जानकारी गर्न अपिल गरेको छ साथै यस कार्यमा होसियारीपूर्वक निरन्तर लागी रहन समेत हार्दिक अनुरोध गर्दछौं" विज्ञप्तिमा भनिएको छ । 

    धर्मान्तरका लागि केही वर्षदेखि संगठित र योजनाबद्धरुपमा भईरहेका राष्ट्रीय पहिचान समाप्त पार्ने र सांस्कृतिक सद्भाव विथोल्ने यस्ता कार्यलाई नेपालको संविधानले दण्डनिय घोषित गरेकाले कारवाहीका लागि राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

    Bigyapti.jpg

    २०७७, चैत्र २४ मंगलवार०९:१९:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार