काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी नअपनाए लकडाउननै गर्नुपर्ने अवस्था आउने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई विहीबार संबोधन गर्दै उनले भने,हाम्रो जनजीवनलाई ठप्प नगरौं, तर सावधान नभए बाध्य भएरै ठप्प पार्ने स्थिति आउन सक्छ। हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सबैले हातमुख धुने लगायतका काम गर्नुपर्छ।‘
उनले भने ‘कोरोना नाक र मुखमा धेरै समय रहन्छ। त्यही बेलामा तातो वाफ लिने र नुनपानीले कुल्ला गरे धेरै समस्या पार्दैन,’ , ‘अम्बाका दुई वटा पात उमालेर बेस्सरी गारगल गर्यो भने पनि कोरोनाबाट बच्न सकिन्छ।’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न जतिनै प्रयास गरेपनि आलोचना हुने गरेको बताए। ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ,’ ‘निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ।’