वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

२०७७, चैत्र २७ शुक्रवार

  • 1.5K
    SHARES

  • वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गर्नुभएको हो ।

    उहाँले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

    २०७७, चैत्र २७ शुक्रवार०७:१८:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार