पत्रकार महासंघ काठमाडौं शाखामा सुवेदीको गठबन्धन बिजयी 

पत्रकार महासंघ काठमाडौं शाखामा सुवेदीको गठबन्धन बिजयी 

२०७७, चैत्र २७ शुक्रवार

  • 2.0K
    SHARES

  • पत्रकार महासंघ काठमाडौं शाखामा सुवेदीको गठबन्धन बिजयी 

    काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अन्तिम नतिजा घोषणा भएको छ । पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज राति सम्पन्न अन्तिम मत परिणाम अनुसार एक सदस्य बाहेक संयुक्त गठबन्धनबाट सुर्य सुवेदी रहेको प्यानलै निर्वाचित भएको हो । 
      
    १ हजार २ सय ३४ मत खसेकोमा सुवेदीले ७ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी मोहन पन्तले ३३७ मत ल्याएका छन् ।

    उपाध्यक्ष खुल्लामा रामचन्द्र दुलाल (भाञ्जा) ४६२ मत ल्याएर बिजयी भएका छन् । त्यही पदको लागि उम्मेदवारी दिएका रमेश ढुंगानाले १२३ र अमिर लामाले ४३८ मत ल्याएका छन् ।

    महिला उपाध्यक्षमा अप्सरा गौतमले ५८८ मत ल्याएर बिजयी हुँदा तारादेवी नेपालले १७५, सीतामाया पौडेलले १८४ र संचिता पौडेलले ५२ मत ल्याएका छन् ।

    सचिवमा महेश्वर गौतमले ४३३ मत ल्याएर बिजयी हुँदा पर्वतराज घिमिरेले ११४, पुष्कर बस्नेतले २९० पृथ्वी बहादुर बस्नेतले १०२ र भीम बहादुर लामाले ९१ मत ल्याएका छन् ।

    सह सचिव खुल्लामा अर्जुन डोटेल ५८२ मत ल्याएर बिजयी हुँदा मुकुन्द प्रसाद भुषालले १९३, राजु लामिछानेले ७९ र प्रशान्त वलीले १५८ मत ल्याएका छन् ।

    कोषाध्यक्षमा अजित अधिकारीले ५८७ मत ल्याएर बिजयी हुँदा मुकुन्द कुमार ढुंगानाले ३१३ मतमा चित्त बुझाउनु परेको छ ।

    खुल्ला सदस्यमा कमलराज राई (५८०) कृष्णप्रसाद ढुंगेल(४१३) कृष्णराज गौतम (४१५) बुद्ध योञ्जन लामा (४५१) रमेश कुमार बोहरा (४६७) रमेश लामिछाने (३८०), रीना श्रेष्ठ (३८७) र शैलेश डंगोल (३७१) मत ल्याएर बिजयी भएका छन् ।
    ८ जना खुल्ला सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको थियो ।

    त्यस्तै मधेशी सदस्यमा मिना कुमारी यादवले ६६५ मतका साथ बिजयी भएकी छिन् भने दलित सदस्यमा ७२८ मतका ल्याएर शोभा नेपाली विजयी भएकी छिन् ।

    सदस्य अन्य समावेशीमा दिपक काफ्‍लेले ५२९ मत ल्याएर विजयी भएका छन् भने महिला सदस्यमा शोभा अर्यालले ५६१ मत ल्याएर बिजयी भएकी छिन् । 

    सदस्य आदीवासी जनजातिमा सुवास कुमार सुनुवार (मुखिया) ले ४९७ मत ल्याएर विजयी भएका छन् । महासंघ काठमाडौमा सरकार समर्थक एक जना मात्र पत्रकारले जितेका छन् । 

    r1.jpgr2.jpg

    २०७७, चैत्र २७ शुक्रवार०८:३५:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार